काठमाडौं । १५ चैत, अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस कोभिड–१९० को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ । त्यस्तै शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।अमेरिकाले कोभिड–१९को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर ९अप्रिल १२० सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए । अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या ५ लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।स्रोत :अनलाईनखवर









