बुटवल – स्याङ्जाको वालिङ नगरपालिका १२ कोखेबाट बसाइँ सरेर हाल नवलपुर दलदलेमा स्थायी घर भई दक्षिण कोरियामा रहेका चर्चित लोक दोहरी गायक बिष्णु पाण्डे र लोक गायकि पुर्णकला को युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ। प्रबाशी भुमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई रहेका गायक पाण्डे प्रदेशमा रहेर पनि आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिएका छन् । गायक पाण्डेले यस पटक भने नेपाली समाजलाई सन्देश दिने र पृथक समसामयिक झल्किने खालको नयाँ लोक दोहोरी गीत आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन् । कृषि पेशा थाल्छु बोलको सार्वजनिक भएको गीतको भाका स्वरकी धनी गायिका पुर्णकला र गायनमा गायक बिष्णु पाण्डेको युगल गायनले गीतलाई बेजोड बनाइदिएको छ। रमेश परियारको शब्द/संगीत रहेको ‘कृषि पेशा थाल्छु’ गीतमा बिनोद बाजुरालीको संगीत संयोजन गरेका छन् ,भने सुरेश श्रेष्ठ को छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ । स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा राजु ढकाल ,टीका भट्टराई र मनोज पाण्डे ले बेजोड अभिनय गरेका छन्। गायक पाण्डेका यस अगाडि दर्जनौ गितहरुले बजारमा चर्चा समेत कमाएको छ ।












