राम्दीमा पाँच हजार बढिको स्वास्थ्य परिक्षण

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक राम्दीमा पाँच हजार भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ ।  गण्डकी प्रदेशको नाका रहेको राम्दीमा हेल्थ डेस्क स्थापना गरिए यता पाँच हजार दुई सय ५१ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।  पाँच नम्बर प्रदेशबाट भित्रिएका भारत सहित विभिन्न देशका नागरिकहरुको ज्वरो परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।  राम्दीमा गएको चैत्र दुई गते हेल्थ डेस्क स्थापना गरि गण्डकी प्रदेश भित्रने यात्रुहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षणका क्रममा भेटिएका भारतीय एक नागरिकलाई फिर्ता पठाइएको छ भने इटालीका एक नागरिकलाई पोखरा पठाइएको छ ।