मन्त्री भन्नु हुन्छ–‘पिपिई जिल्लामा गयो”, सिडियो भन्नुहुन्छ–‘जिल्लामा आएको छैन”

प्रकाशित मिति:

चैत्र १८ गते  प्रकाश न्यौपाने । नवलपरासी । विश्व भरी नै कोरेनाको माहमारी फैलिरहेका बेला प्रदेश नम्बर ५ को प्रदेश सरकारले मिति २०७६ चैत्र १७ गते सोमबार ५ वटा निणर्यहरु ग¥यो । मध्येको निणर्य नम्बर ४ मा यस्तो छ ।  एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने । यो तपाईले पढ्दा तपाईलाई लाग्न सक्छ, प्रदेशले निणर्य गरे संगै प्रदेश नम्बर ५ मा रहेका १२ बटा जिल्लाहरुमा नै पिपिई उपलब्ध गराए होला भन्ने तर यदी यस्तो सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । प्रदेश नम्बर पाचका भौतिक पुर्वाधार विकास मन्त्री एंव प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले नजिकका जिल्लाहरुमा हिजो सोमबार नै सामान पुगेको टाढाका जिल्लाहरु रुकुम, रोल्पा र  प्युठानमा आज मंगलबार पुग्ने बताउनु भयो ।

प्रदेशको राजधानीबाट करीव ३० किलोमिटर दुरीमा रहेको जिल्ला नवलपरासीमा मन्त्री चौधरीले हिजो सोमबार नै पिपिई पुगेको बताए पनि नवलपरासीका प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष बासुदेव दाहालले भने आजसम्म पनि पिपिई नआएको बताउनु भयो ।

जिल्लामा पिपिई कति आयो सिडियो साव रु भन्ने प्रश्नमा उहा भन्नुहुन्छ –‘‘एम्बुलेन्स चालकहरुका लागी पिपिई प्रदेश सरकारले १२ जिल्लामा पठाउने भन्ने निणर्य मैले सामाजिक सञ्जालहरुमा देख्ये अहीले सम्म नवलपरासीमा पिपिई आएको छैन ।” पिपिई जिल्लामा कहीले आउछ रु भन्ने प्रश्नमा उहां भन्नुहुन्छ–‘‘कहिले आउछ कति आउछ भन्ने विषय अहिले सम्म मलाई कुनै जानकारी नै छैन ।” नवलपरासीमा २५ वटा एम्बुलेन्स चालकहरु रहेकोमा के कतिलाई आउने हो भन्ने कुरा पनि आफुलाई जानकारी नभएको दाहालले बताउनु भयो ।

मन्त्री चौधरीले भने सबै एम्बुलेन्सका डाइभरहरुलाई पिपिई दिने र ज्वरो आएका विरामीहरुलाई उठाउनका लागी पिपिई लागाएर उठाउने भन्ने गरी वितरण गरीएको बताउनु भयो । पिपिई के कति आउने भन्ने विषयमा कुनै जानकारी नभए पनि आयो भने जिल्ला संमन्वय समितिसंग संमन्वय गरेर वितरण गर्ने बताउनु भयो ।