कोरोना संक्रमणबाट सुरक्षित रहन आग्रह
२०७६ चैत १८
मुक्ती तिवारी
बर्दघाट नगरपालिकाले नगरभित्र रहेका अति बिपन्न र ज्यालामजदुरी गरि खानेहरुका लागि खाधान्न राहत उपलब्ध गराउने भएको छ।वडाकार्यालय मार्फत नगर भित्र रहेका बिपन्नहरुको तथ्यांक संकलन गरि खाध सामाग्री बितरण गरिने तयारी गरिएको छ। बर्दघाट नगरपालिका वडा नम्बर १४ ले पनि सोही अनुरुप वडा भित्र रहेका दैनिक ज्यालादारी गरि खाने अति बिपन्नहरुकालागि एकद्वार प्रणाली मार्फत खाधान्न राहत उपलब्ध गराउनका लागि मङ्गलबार सर्वपक्षीय बैठक बसि “आपूर्ति बितरण तथा ब्यवस्थापन समिती” गठन गरेको छ। वडाध्यक्ष केशवखत्री को संयोजकत्वमा वडा नम्बर १४ का सबै टोलको प्रतिनिधित्व हुने गरि ११ सदस्यीय समिती गठन गरिएको छ।

उक्त समितिले आ-आफ्ना टोलहरुमा रहेका अति बिपन्नहरुको तथ्यांक संकलन गर्नुका साथै स्वस्फूर्त रुपमा उपलब्ध हुने राहत सामाग्रीहरुलाई वडा सगको समन्वयमा बितरण गरिने छ। समितिले वडा भित्र वैदेशिक रोजगारीबाट आएकाहरुको तथ्यांक सङकलन तथा निगरानी,वडाबासीहरुको आपतकालीन स्वास्थ्य समस्याहरुमा वडा सग समन्वय लगायतका कार्यहरु गर्नेछ। वडाध्यक्ष केसव बहादुर खत्रीले पारदर्शी रुपले वास्तविक बिपन्नहरुले मात्रै राहत पाउन भन्ने अभिप्रायले एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउने तयारी गरिएको बताउनु भयो।वडा भित्र रहेका सबै टोल बिकास समितिहरुलाइ सक्रिय बनाई नवगठित समिती मार्फत वडा सगको समन्वयमा आवशय्क तथ्यांक संकलन,शङकास्पद बिरामीको उपचारका लागि पहल लगायतका क्रियाकलाप हरु गरिने उहाले जानकारी दिनु भयो। कोरोना न्यूनीकरणका लागि गरिएको लकडाउनको समयमा दैनिक रुपमा काम गर्न नपाएका मजदुर र अति बिपन्न बर्गहरुका लागि नगर मार्फत उपलब्ध हुने र स्थानिय समुदाय बाट संकलन हुने राहतलाइ वास्तविक लक्षित ब्यक्तिहरुको पहिचान गरि यथासक्य राहत उपलब्ध गराइनेमा उहाले जोड दिनु भयो।उहाले सम्पुर्ण वडाबासिहरुलाइ लकडाउनको पुर्ण पालना गरि सतर्क र सुरक्षित रहन आग्रह गर्दै सर्वपक्षीय सहमति र सुझाव अनुरुप आफू अगाडि बढ्ने बताउदै प्रतिकुल परिस्थितिमा सबैले सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ। नवगठित समिती र उक्त समितिले गर्ने बुदागत कार्यहरु यस प्रकार रहेको छ।सहयोगी दाताहरुले सहयोगका लागि र टोलमा भएका गतिविधि,स्वास्थ्य समस्या परे उक्त समितिलाई सम्पर्क गर्न सकिने छ।समितिले वडा सगको समन्वयमा समस्या समाधानका लागि पहल गर्नेछन /









