सरकार विकासको एजेण्डा लिएर अघि बढेको पूर्व उपप्रधानमन्त्रि रायमाझिको दावी

प्रकाशित मिति:

पुर्व उपप्रधानमन्त्री टोप वहादुर रायमाझिले सरकार विकास र समृद्धिको एक मात्र एजेण्डा वोकेर अगाडि वढेको दाबी गर्नु भयो । मुसिकोट नगरपालिकाको वौद्धिक सम्मलेनको समापन समारोहमा वोल्दै रायमाझिले अव कुनै राजनैतिक आन्दोलनको खाँचो नरहेको भन्दै पूर्वाधार विकास अव कैसले रोक्न नसक्ने बताउँनु भएको छ । पूर्वाधार संगै शिक्षा स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान जाने सवै विकासमा सवैको सहकार्य जरुरी रहेको बताए ।रोजगारी सिर्जना नभएसम्म आर्थिक विकास हुन नसक्ने भन्दै, कृषि पर्यटन, जलश्रोतको उपयोग तथा उद्योग विस्तारवाट समृद्धि हासिल गरिने उँहाको भनाइ छ ।

दुई दिन सम्म चलेको वौद्धिक सम्मलेन ३५ वुँदे घोषणा पत्र जारि गर्दै सकिएको हो । सो समापन कार्यक्रममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रि सुर्दशन वलाल, नेकपाका मुसिकोट नगर संयोजक जिवन खरेल, नेकपाका मुसिकोट अध्यक्ष खुम वहादुर थापा, नेपाली काग्रेसका मुसिकोट अध्यक्ष झविलाल भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए सो समापन कार्यक्रममा घोषणा पत्र तयारी समितिका संयोजक प्रध्यापक डाक्टर तारा प्रसाद सापकोटाले घोषणा पत्र वाचन गर्नु भएको थियो । कार्यक्रम मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा महिला नेतृ सीता भुसालको संचालनमा सम्पन्न भएको थियो।