सम्झना पोख्रेल/ चैत २१ गुल्मी-
गुल्मीको धुर्कोट गाउँपालिकाको वडा न. ४ जैसिथोकमा रहेको देविस्थान युवा क्लवले धुर्कोट गाउँपालिका वडा न. ४ जैसिथोक साविकको वडा न. ३ रिपका ७ बर्षिय विपिन सुनारको उपचार गरेको छ ।
विगत ९ दिन देखि कुइनाको मल्टिफ्याक्चर बाट पिडित बालकको घरको आर्थिक अवस्था कमजोर रहेको र लकडाउनको बेला उपचार गर्न नसकेको अवस्थामा क्लबले सम्बन्धित वडाबाट सिफारिस बनाई सदरमुकाम लगी उपचार गरेको क्लबका अध्यक्ष कमल खत्रीले सबलपोस्टलाई बताउनुभएको छ ।
उक्त क्लबले लामो समयदेखि समाजमा समाजसेवा मुलक कार्य गर्दै आएको छ ।









