काग्रेस नेता गुरुङले उपलव्ध गराए मजदुरलाई खाद्यान

प्रकाशित मिति:

चैत्र २१ पर्वत । समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता प्रविण गुरुङले पर्वतको विहादी गाउँपालिका १ बाच्छामा मजदुरी गर्ने बिपन्न घरपरिवारलाई निशुल्क खाद्यान्न उपलब्ध गराएका छन । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षका प्रत्यासीसमेत रहेका गुरुङले बिहादी गाउँपालिका १ बाच्छा का दैनिक ज्याला मजदुरी गर्ने ५५ घर परिवारलाई व्यक्तिगत खर्चमै खाद्यान्न सहयोग गरेका छन।केही समय देखि सरकारले गरेको लकडाउनका कारण गरिब तथा मजदुरी गर्ने घरपरिवार दैनिक जिविकोपार्जनको समस्यामा परेका छन । उनीहरुको दैनिकी सहज गराउनकै लागि गुरुङले केही समय अघि गाउँपालिकाभित्रका मजदुरी गर्ने हरेक घरको तथ्यांक निकालेर उनीहरुलाई खाद्यान्न सहयोग गर्ने जनाएका थिए।

विहादीका जनताको रक्षा गर्नु मेरो दायित्व हो, म हुन्जेल यहाँ कोहि भोकै मर्नु पर्दैन ।“ स्थानिय सरकार र छिमेकी गाउपालिका र नगरपालिकालाई जनताका आधारभुत आवश्यकताका पूरा गर्न आग्रह गर्दै सम्पुर्ण जनतालाइ घरमा बसेर सरकारको लक डाउनलाई सहयोग गर्न , सचेत बन्न र सजगता अपनाउन अपील गरेका छन।साथ साथै पालिका भित्र रहेका सम्पुर्ण पाटीका भातृसस्था र सुभेछुक सस्थाहरु नेबिसंघ , तरुण दल, महिला संघ , शिक्षक संघ , भुपु संघ सम्पुर्णलाई बिपदको यो समयमा आबश्यक समन्वय गर्न आग्रह समेत गरेका छन। खाधान्न वितरणमा स्थानीय एब्लेज युवा क्लबले सहजता गरेको थियो । क्लवले सामाजिक काम गर्दै आइरहेको छ ।

यस्तै, उनले राजनीति भन्दा माथी उठेर विपतमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन ।उनले अफ्ट्यारो परेका बिहादिका स्थानीय बासी लाइ आफ्नो नम्बर ९८५६०२९०१९ मा फोन गर्न नि आग्रह गरेका छन। नेपाली काङ्ग्रेस जिल्ला सदस्य समेत रहेका गुरुङले यसअघि पनि विहादीमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको हिमलाल गिरि ले जानकारी दियका छन ।