आफुखुसी राहत नबाड्न सिनपाको आग्रह

प्रकाशित मिति:

नरेश के.सी./भैरहवा- नोभल कोरोना भाइरस (कोभिड १९ ) को कारण १० दिन देखि मुलुक लकडाउनको कारण ठप्प छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर खाने श्रमीक बर्ग समस्यामा परेपछि स्थानिय सिद्धार्थ नगरपालिकाले गरिब तथा विपन्न श्रमीकहरुको लगत संकलन गरी राहत बितरण गरिरहेको छ ।नगरपालिकाले अहिले सम्म वडा नम्बर १, २, ३, ६, ७, ८, ९, १०, ११, १२ वडामा राहत बितरण गरिसकेको छ । नगर उपप्रमुख उमा काफ्लेका अनुसार वडा अध्यक्ष र सदस्यहरुले वडा तहमा गरिब तथा विपन्न परिवार हो भनि संकलन गरी पठाएको व्यक्तिलाई राहत बितरण गरिएको बताईन् । उनले भनिन, ‘नगरको ४, ५ र १३ नम्बर वडामा राहत बितरण बांकी छ । अब अरु ठाउ सकियो । ’

स्थानिय नगर सरकारले राहत बितरण शुरु गरेपछि केही संघसंस्थाले नगरमा आफुखुसी राहत बाड्न थालेको भन्दै नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अब उप्रान्त आफुखुसी राहत बितरण गर्नेगरी कार्य नगर्न अनुरोध गरिएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासीनिले विज्ञप्तीमा भनेका छन, ‘सहयोग गर्न इच्छुक संघसंस्थाले नगरपालिकाबाट स्वीकृति लिएर गर्नहुन अनुरोध छ । स्वीकृति बिना प्राप्त हुने जिन्सी सामग्रीहरु स्वीकार नहुने र सहयोग गर्ने संघसंस्था वा व्यक्तिको नाम नगरपालिकाको रेकर्डमा नराख्ने सम्बन्धीत सबैमा अनुरोध छ । ’

यता सिद्धार्थनगर पालिकाले स्थापना गरेको नोभल कोरोना भाइरस नियन्त्रण राहत कोषमा संघसंस्थाले खुलेर सहयोग गरेका छन् । नगरपालिकाका बरिष्ठ अधिकृत गणेश क्षेत्रीका अनुसार उक्त कोषमा अहिले सम्म ११ लाख ५१ ह्जार नगर कार्यपालिका बोर्डबाट, २१ ह्जार नगर प्रमुख हरि प्रसाद अधिकारीबाट, १५ हजार उपप्रमुख उमा काफ्लेबाट र१३ वटा वडाध्यक्षहरु रमेश मल्ल, दिपक थापा, थानेश्वर पौडेल, भोला यादव, चेतबहादुर क्षेत्री, बिरेन्द्र श्रीवास्ताव, भिमसेन कर्माचार्य, राजनजंग राणा, शेषनारयण भन्डारी, विजय धवल, दीलिप यादब, करुन्जन श्रेष्ठ र सतिस मर्सानि ले १० हजारका दरले राहत कोषमा रकम प्रदान गर्का छन् ।

यसैगरी समाजसेवी तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ष्ण प्रसाद शर्माले १ लाख २१ ह्जार , अष्ट्रेलियमा बस्ने भैरहवा क्याम्पसको पुर्व विद्यार्थि बन्दित काफ्लेले १ लाख ११ हजार , उद्योग ब्यापार संगठनले ५१ ह्जार, बैदिक धर्म सेवा समिती सिद्धार्थनगर ५१ ह्जार, राधेराधे परिवार सिद्धार्थनगर ५१ ह्जार, जनउत्थान बचत तथा क्रृण सहकारी संस्था ५० हजार, भैरब कलवार ५१ ह्जार , रोटरी क्लब भैरहवा ३१ ह्जार राहत कोषमा सहयोग गरेका छन् । यसैगरी जेसीआई सिद्धार्थ २५ हजार ५ सय ५५, त्रिशुल बचत तथा क्रृण सहकारी संस्था भैरहवा २५ हजार, प्रेम सेन्चुरी १० हजार १ सय , रामराज उपाध्यय १० हजार चार सहयोग गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघले ५० हजार, लुम्बिनी ईट्टा व्यवसायी महासंघले ५१ ह्जार बराबरको सामग्री प्रदान गरेको क्षेत्रीले बताए । यसैगरी राधा माधब सेवा समिती र हनुमान मन्दिर समिती पनि खाद्यान्न सामग्री प्रदान गरेको नगरपालिकाले बताएको छ। सिद्धार्थनगरपालिकामा १ हजार ८ सय ७२ जना विपन्न तथा गरिब श्रमीकहरु रहेको तथ्यांक छ ।