कोभिड १९ राहत कोषमा साढे एघार लाख संकलन

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा साढे एघार लाख संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन विताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी ११ लाख ५० हजार ८ सय ११ संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

शुक्रबार साँझसम्म १० लाख ७६ हजार ८ सय ११ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल ११ लाख ५० हजार ८ सय ११ संकलन भएको नगर प्रमुख खाँणले बताउनुभयो ।वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा बैंक तथा कार्यालयमा उपस्थित भएर नगद सहयोग गर्नेहरुमा शुक्रबारमात्रै वालिङस्थित ५४ वटा सहकारी संस्थाहरुबाट ३ लाख ४९ हजार ९ सय १९, वालिङस्थित संस्थागत विद्यालयका प्रिन्सीपलहरुबाट १ लाख, वालिङ ८ वीपी चोक निवासी नारायणप्रसाद शर्मा पंगेनीबाट ५० हजार, तमु सेवा समाज समिति वालिङबाट २० हजार ५ सय ५५, नेपाल मगर संघ वालिङबाट २० हजार, भूपू सैनिक बोर्डिङ स्कूल वालिङबाट २० हजार, सक्षम महिला विकास समिति वालिङबाट २० हजार १ सय १५, वालिङ ८ निवासी हिमबहादुर विश्वकर्माबाट १० हजार एकसय, तरकारी तथा फलफूल ब्यवसायी बुधमान गुरुङबाट ५ हजार ५ सय सहयोग प्राप्त भएको नगर प्रमुख खाँणले बताउनुभयो ।

संघ संस्था तथा ब्यक्तिले आँफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने संभावना हुने र कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।