साेम दियाली, सर्लाही चैत्र २४, साेमवार । जनताकाे मन जित्न र सेवा गर्न न त राजनिति गर्नु पर्छ, न त चुनाव नै जित्नु पर्छ । राम्राे काम गर्ने जाे काेही पनि जनताका प्रिय बन्छन्, राम्रा मान्छेलाई जनताले रुचाउछन् । हिजाे चुनावका बेला भाेजभत्तेर, रक्सीमासु खुवाउने र भाेटकै लागि पैसा छर्नेहरु अाज संकटका बेला राहतका लागि भन्दै विभिन्न कार्यालय चहार्दै छन् । दाताहरुबाट अाएकाे सहयाेग रकममा समेत भ्रष्टाचार गर्न तल्लीन छन अहिलेका जनप्रतिनिधि । सरकार र जनप्रतिनिधीकाे असली रुप जनताले देखि सकेका छन् । काे कस्ताे भन्ने कुरा समयले चिनाउछ,त्याे चरितार्थ भैसकेकाे छ । जाे संकट र अापत विपतमा जनतालाई सहयाेग गर्न अघि सर्छन्, तिनै सच्चा मानव हुन्छन्। विश्व सहित नेपाल समेत काेराेना भाईरस(काेभिड-19) काे महामारीसंग लडी रहेकाे बेला सर्लाही ईश्वरपुरका एक मनकारी युवाले अाफ्नाे असली मानवता देखाएका छन् । विभिन्न समयमा अाफ्नाे अाम्दानीकाे केही अंश सामाजिक काममै खर्चेका ईश्वरपुर नगरपालिका-३ भक्तिपुर घर भई काठमाणडाैंलाई कर्मभुमि बनाउदै अाएका युवा व्यवसायी समाजसेवी मनाेज अाचार्यले अापतकालीन घडीमा जिल्लावासीलाई भाेकै बस्न नदिने वचन दिँदै ईश्वरपुर र बागमती नगरपालिकामा खाद्यान्न सामाग्री प्रदान गरेका हुन्। लकडाउनका समयमा हातमुख जाेर्न समस्या भएकाहरुका लागि घरघरमै पुगेर राहत उपलब्ध गराउन भन्दै ईश्वरपुर नगरपालिकाका मेयर मनाेज कुमार देवकाेटा मार्फत २० क्युन्टल र बागमती नगरपालिकाका मेयर भरत कुमार थापा मार्फत ५० क्युन्टल गरि ७० क्युन्टल चामल दुई नगरपालिकालाई हस्तान्तरण गरि समाजसेवी युवा अाचार्यले उच्च मानवीयता देखाएका हुन । प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, नेकपाका केन्द्रीय सदस्य प्रह्लाद बुढाथाेकी, नेकपा सर्लाही सचिव कमल बुढाथाेकी, सामाजिक अभियन्ता श्याम श्रेष्ठ, स्वास्थ्यकर्मी पाण्डव बराल लगायतका व्यक्तिहरुकाे राेहवरमा अाफुले राहत सामाग्री प्रदान गरेकाे अाचार्यले बताउनु भयाे । केही दिन अघि मात्रै जिल्लाका एम्वुलेन्स चालकहरुका लागि पर्सनल प्राेटेक्टिव ईकुप्मेन्ट(पिपिई) प्रदान गरेका अाचार्यले एक दुई दिन मै जिल्लाका स्वास्थ चाैकीहरुलाई स्वास्थ सामाग्री उपलब्ध गराउने बताएका छन् । त्यस अघि पनि उनले परवानीपुरमा रहेकाे डिम जनता मावि र लालबन्दीमा रहेकाे जनज्याेती माविलाई ल्यापटप लगायतका शैक्षिक सामाग्री प्रदान गरेका थिए ।









