एचआइभी संक्रमितलाई घर घरमै औषधी , रुपन्देहीमा एक हजार दुई सय ७९ संक्रमितले एआरटी खाने
रीमा बि.सी. बुटवल, चैत २४ गते ।विश्व समुदाय यतिबेला महामारीको रुपमा फैलिरहेको नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको संकटसँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको जोखिमलाई कम गर्नका लागि देशमा दुईसाता लामो लकडाउन गरेको छ । लकडाउनको समयमा रुपन्देहीका एचआईभी संक्रमितहरुको स्वास्थ्यमा उनीहरुले सेवन गर्दे आएको एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) का कारण समस्या नहोस भन्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवाबाट दिइने औषधीलाई संक्रमितहरुको घरमै पुरयाएउने व्यवस्था गरिएको छ ।
एचआईभी संक्रमितहरु जसलाई अस्पतालसम्म आएर औषधी लैजान समस्या हुन्छ त्यस्ता व्यक्तिहरुलाई सरकार,स्वास्थ्य कार्यालयहरुले सपोटिभ संस्थाहरुसँग समन्वय गरी सम्बन्धित औषधि पु¥याउनको लागि एड्स हेल्थ केयर फाउण्डेसन नेपाल,आशाज्योति सहयोग समुह रनमूना एकीकृत विकास परिषदसंग संमन्वय गरी औषधी घर घरमा पुराईएको एड्स हेल्थ केयर फाउण्डेसन नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताउनु भयो ।लकडाउनको समयमा स्वास्थ्य संस्थामा जान समस्या भएका वेला घरमै औषधी पाएपछि आफुहरु निकै खुशी भएर भाबुक बनाएकोविगत पाँच वर्षदेखि एआरटी सेवन गरेका एक संक्रमितले बताउनुभयो । उहाँले यस्तो महामारी फैलिएको अवस्थामा हाम्रो स्वास्थ्यप्रति संवेदनशिलता देखाएकोमा सबै संक्रमितको तर्फबाट सरकार र सम्बन्धित संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
रुपन्देही जिल्लामा हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा एआरटी सेन्टर रहेको र सोही सेन्टरबाट एचआईभी संक्रमितले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहनुभएको थियो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका एचआईभी फोकलपर्सन टिकाराम अधिकारीका अनुसार हाल रुपन्देहीमा हाल १ हजार २ सय ७९ जनाले नियमित एआरटी औषधी सेवन गरिरहेको र लकडाउनको समयमा अस्पताल आएर औषधी लिन नसक्नेका लागि घरमै पठाउने व्यवस्था गरेकोबताउनुभयो । उहाँले नजिक घरभई अस्पताल आउन सक्नेलाई अस्पतालबाटै औषधी उपलब्ध गराउने गरिएको छ ।लकडाउन भए पनि कार्ड देखाएर प्रहरीले आफुहरुलाई सहज रुपमा अस्पताल आउन जान दिएको संक्रमितहरू बताउँछन् ।









