कोरोनाका नाममा हुने कालोबजारी रोक्न माग

प्रकाशित मिति:

बुटवल, चैत २७ । विश्वभर फैलिरहेको कोरोना भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा थोक व्यापारीबाट दैनिक उपभोग्य वस्तुमा मुल्य बद्धि गरेको खुद्रा किराना व्यावसायीहरु गुसानो गरेका छन् ।

खुद्रा किराना व्यवसायी महासंघ रुपन्देहीका आज बसको आकस्मीक बैठकमा खुद्रा किराना व्यावसयीहरुले बुटवलमा रहेका थोक विक्रेताहरु दाल , तेल, आटा , मैदा जस्ता खाद्य बस्तुमा मुल्य बढाउदा उपभोत्ताहरु माझ खुद्रा किराना महगो बेच्च बाध्य पारेको बताएका छन् । उनीहरुले यसबाट खुद्रा किराना व्यावसायीहरु उपभोत्तामाझ नराम्रो बन्नु परेको बताएका छन् ।

अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले विश्वव्यापी रुपमा कोरोनाकोे संक्रमण फैलिएसँगै दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धी सरकारले तत्काल छानबीन गर्नुपर्ने बताए । उनले यहाँका केही ठूला व्यापारीहरुले सामान स्टक गरेर समानलाई विना कारण पछिल्लो समय बिशेष गरी चामल, दाल, तेल, चिनी लगायतका खाद्य बस्तुहरुको मूल्य गरेको बताए । साझ विहान प्रशासनले तोकेको समय खुद्रा किराना व्यवासायीहरु पसल सञ्चालन गरेका छन् ।

सघका विरष्ठ उपाध्यक्ष महेन्द्र पोखरेलले मुल्य नियन्त्रण गर्नका लागी सरकार चनाखो भएर अगाडी बढ्नुपर्नेमा माग राखे । उनले थोक विक्रताले बताएपछि खुद्रा किरानाले पनि बढाउनपर्ने बाध्यता हुने हुदाँ त्यसको असर उपभोत्तालाई परेको बताए । उनले

विपद्को समयमा व्यवसायीहरुले नाफा कमाउने भन्दापनी सर्वसाधारण जनताहरुलाई सामान उपलब्ध गराएर आफ्नो जिम्मेबारी पुरा गनुपर्ने बताए ।