बाघको आक्रमणबाटदुई जना घाईते ।

प्रकाशित मिति:

कपिलवस्तु –  कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट आज शुक्रबार दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका उक्त गाउँका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षीय बर्मानन्द रोका मगर घाईते भएको बताएको छ । उनीहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताएका छन् । दुबैजनाको टाउको र ढाँडमा चोट लागेको निरिक्षक नेपालले बताएका छन् । उनिहरुदुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागिएको बताएको छ । बाघले आक्रमण गरेपछी उनीहरु भागेको भनाई छ ।