कालो चिया पकाउन सिकें भनेपछि ट्रोल भइन् रीमा

प्रकाशित मिति:

काठमाडौं / नायिका रीमा विश्वकर्मा ट्रोलको शिकार भएकी छिन् । उनले फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै कालो चिया बनाउन सिकेको बताएपछि उनी सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् ।कतिपयले भने यसलाई रीमाको हिट हुने काइदाका रुपमा अर्थ्याएका छन् ।उनले सामाजिक सञ्जालमा लाइभ आएर भनेकी थिइन् – लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ ।

उनको यो भनाइपछि रीमालाई ट्रोल बनाएका थिए । एक प्रयोगकर्ताले त व्यङ्ग्य गर्दै सोधेका पनि छन् – पानी तताउन पनि सिक्नुभयो कि रुनेपालमा प्रायः नायिकाहरु मेहनत गरेर फिल्म क्षेत्रमा आएका हुन्छन् । नायिका रीमा विश्वकर्मा पनि भिजे हुँदै फिल्म क्षेत्रमा आएकी यी बर्दियाको गुलरियाकी यी चेलीले कालो चिया पकाउन पनि जानेकी थिइनँ भन्दा ट्रोल बनाइएको हो ।रीमाले लाइभमा भनेकी थिइन् – ‘मेरो काम नै फरक खालको छ, अब बल्ल पकाउन सिक्दैछु ।’रीमाले कालो चिया पनि पकाउन नजानेको बताएपछि उनलाई कतिले त चिया पकाउन पनि सिकाएका छन् ।जे होस्, यो ट्रोलले रीमालाई चर्चामा भने ल्याइदिएको छ । फिल्ममा खासै सफल नभए पनि रीमा होस्टका रुपमा रियालिटी शो मा भने जमेकी छिन् ।हालै उनी ‘कमेडी च्याम्पियन’ को होस्ट बनेकी थिइन् ।-खबरहब बाट साभार