जैसवालले पुनः गरे सराहनीय कार्य अति विपन्न गरिबलाई दैनिक उपभोग्य समाग्री वितरण ।
रबिन्द्र यादव , नवलपरासी पश्चिम -भनिन्छ दानिलाइ कहिल्यै हानि हुँदैन । हो, यहि भनाइलाइ चरितार्थ गर्दै नवलपरासी पश्चिमको सुस्ता गाउपालिका वडा नं ५ बेलवानीका ओमप्रकाश जैसवालले लकडाउनमा अति विपन्न घरपरिवारलाई राहतको रुपमा दैनिक उपभोग्य समाग्री वितरण गरेका छन् ।
दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई सुस्ता गाउपालिकाको वडा नं ५ सकरदिनहीमा ओमप्रकाश जैसवालले १२५ घरधुरीलाई राहत स्वरुप ६ किलोग्रामको दर चामल, एक किलो आलु, एक किलो दाल र एक केजी नुन बितरण गरेका हुन् ।
लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको ओमप्रकाश जैसवालले बताए ।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड(१९० महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आ ( आफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको जैसवालले बताए ।
कुनै पनि घरपरिवारलाई छाक टार्न समस्या भए मलाई तुरुन्तै सम्पर्क गर्नु भनि सबैमा उनले आह्वान गरे साथै जैसवालले अहिले करोना त्रास कोभिट १९ को बेला राजनिती गर्नु भन्दा सबैले सहयोगको भावनामा जुट्न सबैलाई आग्रह समेत गरे । स्मरण रहोस् यस अघि पनि ओमप्रकाशजैसवाल र धनुषधारी चौधरी कुर्मी र चन्द्रभुषण यादवको नेतृत्वमा बेलवानीमा दुई सय पचास घरधुरीमा सोही दरका हिसाबले राहत वितरण भएको थियोे ।









