सबिन डोटेल । स्याङ्जा , नेपाल विद्यार्थी संघ स्याङ्जाले जिल्ला भरिका विद्यार्थीहरुलाई स्वंमसेवकको रुपमा खट्न आग्रह गरेको छ । जिल्ला सभापति अजित क्षेत्रीले आज विज्ञप्ति मार्फत जिल्ला कार्यसमितिका पदाधिकारी,जिल्ला सदस्यहरु, गाँउ र नगर सभापतिहरु, क्याम्पस इकाईका सभापतिहरु र विधालयका सभापतिहरु र सदस्यहरु सबैलाई नेपाल सरकारले गरेको बन्दाबन्दि को पूर्णपालना गर्न,गराउन र स्थानिय सरकारले पहिचान गरेका गरिब, असहाय र दैनिक जीवनयापन गर्नका लागि जटिल परिस्थिति भएका व्यक्तिहरु र घरपरिवारलाई राहत वितरण कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउनका स्वयमसेवकको रुपमा क्रियाशिल रहन समेत आग्रह गरेका छन् ।









