गुल्मी समाज भिक्ट्रोरियाले कोरोना भाइरसका कारण समस्यामा परेका विद्यार्थीहरुलाई अष्ट्रेलियामा सहयोग गर्दै 

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी कोभिड १९ कोरोना भाइरसका कारणले समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा विभिन्न सहयोगको कार्यक्रम अगाडी बढाइएको छ ।विश्वभर महामारीको रुपमा फैलिएको कोविड १९को कोरोना भाइरसले अष्ट्रेलियमा अध्ययनको लागि गएका नेपाली विद्यार्थीहरु,कलेज फि,घरभाडा,लगायतका समस्यालाई केही सहज बनाउने उद्देश्यले गुल्मी समाज भिक्ट्रोरिया,अष्ट्रेलियाले सहयोग कार्यलाई अगाडी बढाएको गुल्मी समाज भिक्ट्रोरिया,अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

विशेषगरि नेपालको गुल्मी जिल्लाबाट अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास र अध्ययन गदै आएका विद्यार्थीहरुलाई खान बस्न र कानूनी रुपमा पर्न सक्ने समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न रेष्टुरेण्ड व्यवसायी,कानुन व्यवसायी,तथा शुभचिन्तकहरुलाई सम्पर्क गरि विभिन्न सहयोगका योजनाहरु लिएर आएको गुल्मी समाज भिक्ट्रोरिया,अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

शनिवारदेखि यस्ता समस्यामा परेका विद्यार्थीहरुलाई नेपालको चितवन घर भइ हाल अष्ट्रेलियाको मेलबनमा होटल व्यवसाय गदै आएका समाजसेवी करी भोल्ट अगचचथ खबगति का सञ्चालक कैलाश शर्माले समस्यामा परेका सबै नेपाली विद्यार्थीहरुलाई निःशुल्क खानाको व्यवस्था गरेका छन् ।

त्यस्तै आगमन एण्ड इन्डियन नेपाली रेष्टुरेण्ड  का गुल्मी वामीका सञ्चालक रामप्रसाद सापकोटा,सभेरा इन्डियन नेपाली रेष्टुरेण्ड का गुल्मी वामीका सञ्चालक टंक कडेल, मुस्कान इन्डियन रेष्टुरेण्ड का गुल्मी कुर्घाका सञ्चालक कैलाश सापकोटा, द हङरी हाइकस इन्डियन नेपाली रेष्टुरेण्ड का गुल्मी वामीका सञ्चालक जनकराज गौतम, पान्स इडिट रेष्टुरेण्डका गुल्मी वामीका सञ्चालक दिपक अर्याल गरि छ जना होटल व्यवसायीहरुले ५० प्रतिशत छुटमा सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई  खानाको व्यवस्था गरेका छन् ।

त्यस्तै कानूनी रुपमा समस्यामा रहेका नेपाली विद्यार्थीहरुको समाधानका लागि  का सञ्चालक टोनु गोथानेर का सञ्चालक रञ्जित कायस्थले निःशुल्क रुपमा कानुनी सहयोग गर्ने भएका छन् ।साथै गुल्मी समाज भिक्टोरियाले विभिन्न माध्यमबाट समस्यामा परेका गुल्मेली विद्यार्थीहरुको तथ्याङ्क संकलन र आफ्ना शुभचिन्तकहरुबाट सहयोग संकलन अभियान समेत शुरुवात गरिएको गुल्मी समाज भिक्ट्रोरिया,अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।