काठमाडौं, वैशाख – बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बहराइनस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। योसँगै कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४९ पुगेको दूतावासले जनाएको छ।दूतावासका अनुसार कोरोनाका नयाँ संक्रमित एउटै कम्पनीमा कार्यरत नेपाली हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।









