अर्घाखाँचीमा रहेका आधा दर्जन बढि सरकारी कार्यालय अन्य जिल्लामा जाने,स्थानिय चिन्तित

प्रकाशित मिति:

गोपाल प्रसाद भट्टराई
कार्तिक–०९,अर्घाखाँची/
मुलुक संघिय संरचनामा गएसंगै जिल्ला सदरमुकाम सन्धिखर्क अर्घाखाँचीमा रहेका आधा दर्जन बढि सरकारी कार्यालय अन्य जिल्लामा जानेभएका छन् ।संघियता लागु भएसंगै ६ वटा स्थानिय सरकारको माध्यमबाट गाउं तहमै सेवा दिन थालेपछि चहलपहल कम हुन थालेको सदरमुकाम सन्धिखर्कका महत्वपूर्ण केही कार्यालय पनि अन्यन्त्र जान थालेपछि स्थानियले चिन्ता ब्यक्त गरेका छन् । अधिकाशं कार्यालय स्थानिय सरकारमै गाभिएसंगै अर्घाखाँची जिल्लामा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,जिल्ला प्राबिधिक कार्यालय,जिल्ला वन कार्यालय,जिल्ला भु–संरक्षण कार्यालय जस्ता महत्वपूर्ण कार्यालय अर्घाखाँचीबाट अन्यन्त्र जान थालेपछि अर्घाखाँचीका जनप्रतिनिधिले चांसो दिनुपर्ने भन्दै स्थानियले चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण समेत गराएका छन् । संघियताको नाममा जिल्ला सदरमुकाम नै नरहने चलखेल सुरु हुन थालेकोले अर्घाखाँचीवासी सचेत हुनुपर्ने स्थानिय समाजसेवी बाबुराम भुसालले बताए ।८–८ जना सांसद अर्घाखाँचीबाट निर्वाचित भएपनि जिल्लाको विकास भाषणमा मात्रै सिमित हुन थालेकोले जिल्लाको हितको निम्ती एक जुट भएर जनताले ध्यानकर्षण गराउनुपर्ने उनले बताए ।