बाजुरामा चिप्लिएर लड्दा ज्यान गयो

प्रकाशित मिति:

काठमाण्डौ / बाजुरामा माछा मार्ने क्रममा खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ। बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न हिँडेका उनी रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको पारिवारिक स्रोतले जनाएको छ । उनी बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीका शिक्षक समेत हुन् ।