काठमाडौं, वैशाख । जिल्ला प्रशासन कार्यालयले ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा अनुमति दिएको छ प्रहरीले अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि अग्रवाललाई आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो। जिल्ला प्रशासन कार्यालयले थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
अग्रवाललाई कालोबजारी गरिरहेका बेला गत चैत २५ गते प्रहरीले नक्सालबाट पक्राउ गरेको थियो। यसअघि प्रहरीले अग्रवालमाथि कालोबजारी गरेको कसुरमा अनुसन्धान गर्न पहिलो पटक एक हप्ता र त्यसपछि पाँच दिन म्याद थप गरेको थियो। अग्रवालमाथि पाँच हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गरेको अभियोग छ।









