पोखरामा डेंगूको संक्रमणबाट २८ जना विरामी भएका छन् । असोजको पहिलो सातादेखि हालसम्ममा २८ जनामा डेंगूको संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । असोजको पहिलो साता २ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
तर दशैंको मुख र त्यसपछिको दिनमा बढेर २८ जनामा संक्रमण भएको पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त पौडेलले जानकारी दिए । उनका अनुसार गण्डकी मेडिकल कलेज, चरक हस्पिटल र फेवासिटी हस्पिटलमा संक्रमितहरु उपचारका लागि पुगेका थिए । उनीहरु सबैमा डेंगूको संक्रमण भएको पुष्टि भएको उनले बताए । विरामी सबै पोखरा महानगरपालिका वडा नम्बर ८ शिवालयचोक वरपरका हुन् ।












