काठमाडौं, वैशाख २१ । युरोप र अमेरिकी मुलुकमा कोरोना भाइरसको संक्रमण विस्तार कम भइरहेका वेला रुसमा भने महामारीको रुप लिएको छ। रुसमा एकैदिन झण्डै १० हजार जनामा कोरोना देखिएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, गत २४ घन्टामा रुसमा नौ हजार ६ सय २३ जनामा कोरोना देखिएको हो। योसँगै रुसमा कोरोना संक्रमितको संख्या एक लाख २४ हजार ५४ पुगेको छ।कोरोनाबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ।
गत २४ घन्टामा ५७ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म रुसमा एक हजार दुई सय २२ जनाको मृत्यु भएको छ।एकाएक कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा समस्या भएको जनाएको छ। रुसका धेरैजसो अस्पताल भरिएका छन्।रुसमा अझै संक्रमितको संख्या बढ्न सक्ने जनाएको छ। रुसको राजधानीमै अत्यधिक संक्रमित पुग्ने मस्कोका मेयर सेर्गी सोभिनियनले बताएका छन्।राजधानी मस्कोमा मात्रै करिब दुई लाख ७० हजार संक्रमित पुग्न सक्ने अनुमान गरेका छन्।









