गुल्मी – लकडाउनको समयमा गुल्मी जिल्लाबाट संचालन भइरहेको राष्ट्रव्यापि अनलाईन निबन्ध प्रतियोगितामा स्वास्थ्यअधिकार तथा सुर्तीनियन्त्रण सञ्जाल र मानवअधिकार सचेतन संस्था नेपालले सहकार्य गर्नेभएकाछन् ।
गत बैशाख १२ गते देखि जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति, गुल्मीका संयोजक नरेशकुमार भण्डारीले सञ्चालन गरेको अनलाईन प्रतियोगिता संस्थाहरुको उद्देश्यसंग मेल खाने भएकोले सहकार्य गरिएको स्वास्थ्य अधिकारसंजालका सचिव राजेन्द्र सुनारले जानकारी दिए ।
सञ्जालसंगको सहकार्यसंगै प्रतियोगिताका नियमहरुमा पनि सामान्य परिवर्तन गरिएको आयोजकले जनाएको छ ।
निबन्ध प्रतियोगितामा नेपालको कुनै पनि जिल्लामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले आफुले अध्ययन गर्ने विद्यालयको नाम, विद्यालय पोशाकमा एक प्रति फोटो, सम्पर्क नं. र उपरोक्त विषयसंग मेलखाने निवन्धको उपयुक्त शिर्षक राखि भागलिनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको नियम अनुसार नेपाली भाषामा निबन्ध टाइप गरी मिति २०७७ बैशाख २५ गते भित्र फेसबुक पेज buddhavumi News वा Naresh Kumar Bhandari को Inbox मा पठाउनु पर्ने जनाईएको छ ।
निबन्धलाई buddhavumi.com नामको अनलाइन पत्रिकामा प्रकाशिन गरि buddhavumi News र Naresh Kumar Bhandari को फेसबुक पेज मार्फत शेयर गरिने छ । निबन्ध प्रकाशित भएको मितिले ७ दिन भित्रमा फेसबुक पेजमा प्राप्त लाईक, शेयर र कमेन्टको आधारमा अधिकतम ३० अंक, विषयविज्ञको मूल्याङ्कनको आधारमा अधिकतम ५० अंक र टेलिफोन अन्तरवार्ताका आधारमा अधिकतम २० अंक प्रदान गरी निबन्धको मूल्याङ्कन हुने आयोजकले बताए ।
प्रथम, द्वितिय र तृतीय हुने प्रतियोगिलाई क्रमस नगद रुपैया पाँच हजार, तिन हजार र दुई हजारबाट विश्वधुम्रपान रहित दिवस (३१ मे) अर्थात मिति २०७७ जेठ १८ गते पुरस्कृत गरिने छ । थपजानकारीका लागि फेसबुक पेजको क्ष्लदयह मा कुरा गर्न सकिने छ ।
घरमा बसिरहेको समयमा बालबालिकालाई सानो भएपनि रचनात्मक काममा व्यस्त बनाउने अवसर रहेकोले सवै अभिभावकले यस कार्यका लागि आफ्ना बालबालिकालाई उत्प्रेरित गर्न मानवअधिकार सचेतन संस्था नेपालका अध्यक्ष अर्जुन आचार्यले आग्रह गरे ।










