एजेन्सी / कतार सरकारले अब बिदेशी कामदारहरुले कतार छाड्नको लागि मालिकको अनुमति दिने प्रावधानलाई हटाएको छ । आज (आइतबार) देखी लागु भएको उक्त व्यवस्थामा कुनै पनि कामदारले कसैको अनुमति बिना कतार छाड्न सक्नेछन् । यस अनुसार कसैले अवरोध गरे गुनासो सुनुवाईको समेत व्यवस्था गरिएको छ । लामो समय देखी मानव अधिकारवादी तथा अन्य संगठनहरु यस कानुनको माग गर्दै आएका थिए । यस अघि स्पोन्सर गरेका मालिकको अनुमति बिना कामदार घर फिर्न नपाइने व्यवस्था थियो । यो व्यवस्थाले धेरै नेपाली समेत पिडित थिए ।












