नेपालगञ्जमा थप ७ जनामा कोरोनाको संक्रमन देखीएपछी , संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं, वैशाख २३ । बाँकेमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए।उनका अनुसार संक्रमितहरु नेपालगन्ज- ८ निवासी २२, ३० र ४० वर्षका पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।
प्राप्त विवरण अनुसार संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यसअघि पनि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए।यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ। तीमध्ये १६ जनालाई निको भएर घर फर्किसकेका छन्।









