तोलाकान्त बगाले वालिङ, २५ वैशाख । वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अर्थात् खोजी र नष्ट गर्ने अभियान थालेको छ । वालिङ नगरपालिकामा एकजना डेङ्गुका विरामी भेटिएसँगै अन्यलाई फैलन नदिन साथै यसको नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान थालेको हो । वालिङ नगरपालिकाले वालिङस्थित विभिन्न संघसंस्था तथा क्लबहरुको सहयोगमा नगरभित्र डेङ्गु सार्ने माध्यमकोरुपमा रहेको लामखुट्टे बढ्न नदिने, लामुखट्टेको बासस्थान रहन सक्ने संभावित ठाउँहरुको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।वालिङमा डेङ्गुका विरामी भेटिएपछि अरुमा फैलन नदिनका लागि लामखुट्टेको बासस्थान रहने ठाउँहरु जस्तै पानी जमेको ठाउँहरु, गाडीका टायरहरु, गमलाहरुको सरसफाईमा विशेष ध्यान दिएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरका विभिन्न ग्यारेजहरु तथा पानी जमेका ठाउँहरुमा कीटनाशक औषधि छरेका छौं भने सचेतनास्वरुप माईकिङलाई टोल टोलमा पु¥याएका छौं । लामखुट्टेको टोकाईबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिई सरसफाई राख्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो । वालिङमा एकजनामा डेङ्गु रोग देखिएपनि अन्यमा भने अहिलेसम्म नदेखिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
कोरोना भाईरसको महामारीका कारण अहिले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेजहरु, पानी जमेका सडकका खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्कनुकासाथै डेङ्गु रोगकाबारेमा जानकारी दिने उद्देश्यले माईकिङसमेत गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो । डेङ्गु भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा विविराहरु आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गर्नुभयो । कोभिड १९ राहत कोषमा ३६ लाख २९ हजार संकलन नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा बिहीबारसम्म ३६ लाख २९ हजार ४ सय २० संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा खाद्यान्न गरी रु. ३६ लाख २९ हजार ४ सय २० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।नगरपालिकाको राहत कोषमा नगद २५ लाख, ९४ हजार ६ सय ५ र खाद्यान्न १० लाख ३४ हजार ८ सय १५ गरी कूल रु. ३६ लाख २९ हजार ४ सय २० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
‘अनलाईन सिस्टम’ बाट परीक्षाफल सार्वजनिकस्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले आधुनिक प्रविधिलाई पछ्याउँदै ‘अनलाईन सिस्टम’ बाट कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ ।वालिङ नगरपालिकाद्वारा सञ्चालित आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षाको परीक्षाफल ‘अनलाईन सिस्टम’ सार्वजनिक गरेको हो ।विश्वभर महामारीकोरुपमा कोरोना भाईरसका कारण विद्यालयहरु सञ्चालन हुन नसकिरहेका बेला वालिङ नगरपालिकाले ‘अनलाईन सिस्टम’ बाट नतिजा सार्वजनिक गरिदिएसँगै सरोकारवाला विद्यार्थी, विद्यालय वा अभिभावकहरुले घरमै बसेर परीक्षाफल प्राप्त गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो ।आधुनिक सूचना प्रविधिसँग जोडिदै स्मार्ट सिटीकोरुपमा अगाडि बढेको वालिङ नगरपालिकाले ‘अनलाईन सिस्टम’ बाट नतिजा सार्वजनिक गरेर प्रविधितर्फ पहुँच बृद्धि गर्दै छ” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो, “विद्यालयले आफ्ना विद्यार्थीको नतिजा हेर्न र डाउनलोड गरेर लेजर प्रिन्टसमेत गर्न सक्ने ब्यवस्था मिलाईएको छ ।नतिजा हेर्नका लागि वालिङ नगरपालिकाको अफिसियल वेभसाईट धबष्लिनmगल।नयख।लउ मा गई ‘कक्षा ८ नतिजा’ बटनमा क्लिक गरेर आफ्नो विद्यालयको आईडी र पासवर्ड हालेर लेजर हेर्न र प्रिन्ट गर्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।ईन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट ईन्फरमेशन सिस्टम सफ्टवयरको विकास गरी सोहीमार्फत नतिजा सार्वजनिक गरिएको नगरपालिकाका सूचना प्रविधि ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।नगरपालिकाभित्र रहेका प्रत्येक विद्यालयका कम्प्यूटर सम्बन्धी ज्ञान भएका शिक्षकहरुलाई सैद्धान्तिक र प्रयोगात्मक विषयका प्राप्तांकहरु भर्ने, नतिजा हेर्ने तरिकाकाबारेमा तीन दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएसँगै नतिजा सार्वजनिक गरिएको ईञ्जिनियर अर्यालले बताउनुभयो ।वालिङ नगरपालिकामा २४ सामुदायिक र १२ संस्थागत गरी कूल ३६ विद्यालयका एकहजार ६ जना छात्रछात्रा कक्षा ८ को परीक्षामा सम्मिलित भएका नगरपालिकाले जनाएको छ । गत फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा महामारीकोरुपमा फैलिएको कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनले रोकिएको थियो ।









