एनएमबी बैंकद्वारा राहत बितरण

प्रकाशित मिति:

बुटवल । बैशाख २६ गते । एनएमबी बैंक पुष्पलालपार्क बुटवलले मानवसेवा आश्रम बुटवललाइ राहत प्रदान गरेकोछ । कोरोना भाइरस को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले आश्रमका करिब १४० जना सयोगापेक्षित ब्यक्तिको दैनिक छाक टार्न राहत बितरण गरिएको हो । एनएमबि बैंक बुटवल पुष्पलालपार्कका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश न।५ का संयोजक रुपा केसीलाइ खाद्यसामाग्री सहितको राहत प्रदान गर्नुभएकोथियो । कोरोना महामारीको अवस्थामा कोहिपनि भोकै बस्न नपरोस भन्ने उदेश्यले राहतस्वरुप १७ कट्टा चामल, २० लिटर खानेतेल र २८ केजी रहररमसुरोको दाल हस्तान्तरण गरिएको शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताउनुभयो ।

बैंकले सामाजीक उत्तरदायित्व र मानविय कार्य अन्तर्गत करिब ३५ हजार रकम बराबरको राहात उपलब्ध गराएको हो ।आश्रमको प्रदेश न ।५ संयोजक रुपा केसिले जटिल परिस्थितिमा एनएमबी बैंकले गरेको सहयोग प्रति विशेष आभार व्यक्त गर्नुभएकोथियो ।कार्यक्रममा मानवसेवा आश्रमको रुपन्देही संयोजक सरु अधिकारी लगायत आश्रमका कर्मचारी एवम् एनएमबी बैंकका कर्मचारी धनबहादुर ठाडाको उपस्तिथि रहेकोथियो । एनएमबी बैंकले यसअघि करिब १ करोड एकाउन्न लाख नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने ७ ओटै प्रदेश सरकारलाइ सयरसय थान पिपिइ प्रदान गरेको छ । मुलुकभर रहेका विभिन्न शाखाहरुबाट समेत निरन्तर रूपमा खाद्यान्न लगायतका सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउदै आएको छ ।