राजकीय भ्रमणका लागि राष्ट्रपति आज कतार जांदै

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि आज कतार जाने भएकी छन् । भण्डारीले कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नेछिन् ।

नेपालको राष्ट्रपतिको हैसियतमा यो दोस्रो भ्रमण हो । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवको राजकीय भ्रमण भएको थियो । झन्डै चार लाख नेपाली कार्यरत कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्वी्पक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।

भ्रमणमा भण्डारीले कतारी समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने बताइएको छ ।