आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको सोमबार १२ गते हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक कृष्ण पक्षको पञ्चमी तिथि बेलुका ४.२६ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मृगशिरा नक्षत्र विहान ८.३३ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग, गर करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ६.१३ मा छ भने सूर्यास्त बेलुका ५.२१ बजे हुनेछ ।
आज चन्द्रमा मिथुन राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।












