कांग्रेस युवा नेता भण्डारीद्वारा तनहुँमा २ हजार माक्स सहयोग हस्तान्तरण

प्रकाशित मिति:

वैशाख २९ गते। नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौ क्षेत्र न।३ का महासमिति सदस्य हरिबोल भण्डारीले तनहुँलाई उपलब्ध गराइएको २ हजार माक्स सहयोग हस्तान्तरण गरिएको छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको आग्रह अनुसार भण्डारीले नेपाली कांग्रेस तनहुँलाई सोमबार माक्स हस्तान्तरण गरिएको हो ।

माक्स आमन्त्रित जिल्ला सदस्य लक्ष्मीभक्त खनाल,व्यास नगरका सहसचिव डम्बरबहादुर अधिकारी र प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले तनहुँका सचिव विश्व बास्तोलालाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन्।पूर्वमन्त्री भण्डारी मार्फत भण्डारीले उपलब्ध गराईएको माक्स जिल्लाका १० वटै स्थानीय तहमा वितरण गरिने नेपाली काग्रेस तनहुँका सचिव वास्तोलाले जानकारी दिए।सहयोग गर्नुहुने भण्डारीलाई नेपाली कांग्रेस तनहुँले धन्यवाद समेत दिएको छ।