सम्झना पोख्रेल / गुल्मी – धुर्कोट गाउँपालिका गाउँकार्य पालिकाको नियमित बैठक धुर्कोट गाउँपालिकाको बर्बाेट मा सम्पन्न भएको छ ।
उक्त बैठकले धुर्काेट गाउँपालिकालाई आज (बुधबार) बाट पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरको छ । जिल्ला भन्दा बाहिर बाट आउनेलाई २१ दिनसम्म क्वारेण्टिनमा राख्ने, धुर्काेट गाउँपालिकाको केन्द्रमा रहेको देविस्थान प्रा.वि मा २० बेडको आइसोलेशन कक्ष सहितको हस्पिटल निर्माण गर्ने, विपदको अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक सामगी्र आपुर्ति व्यवस्थापन गर्नको लागी २ दिन भित्रमा प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने, जेठ १ गते देखि ५ गते सम्मलाई एम्बुलेन्स, सववाहन र पेट्रोलियम पदार्थ बोकेका साधन बाहेक अन्य कुनै पनि सवारी साधन चल्न नदिने, कृषि फर्म, योजनामा काम गर्ने मजदुरहरु जहाँ छन् त्यहि रहने, सरकारी कार्यलय बन्द गर्ने, बैङ्क तथा बित्तिय सँस्थाहरु पुर्ण रुपमा बन्द रहने र कुनै पनि भेला, बैठक नहुने, अत्यावश्यक खाद्यान्य सामागी्रका पसलहरु बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म मात्र खोल्ने, धुर्कोट गाउँपालिकाका सम्पुर्ण प्रवेश नाकाहरुमा स्वयमसेवक र सुरक्षाकर्मि परिचालन गरेको हुनाले धुर्कोट गाउँपालिका भन्दा बाहिर रहनु भएका आम नागरिक आआफ्नो ठाउँमा सुरक्षित रहन समेत आग्रह गरिएको र गाउँपालिका बाट सञ्चालित योजनाहरुको सम्झौता, सिफारिस तथा फरफारक गर्ने कार्य समेत जेठ ५ सम्मका लागी बन्द गरिएको छ ।









