काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ९७ हजार ६३५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ४४ हजार ६३२ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ३ लाख ९७ हजार २८६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४९ हजार ७११ जनामध्ये १७ हजार १०० जनाको अवस्था गम्भीर रहेको छ ।









