अफ्रिकामा कोरोनाका संक्रमित एक लाख नाघे

प्रकाशित मिति:

१० जेठ, काठमाडौं । अफ्रिकामा कोरोना भाइरस ९कोभिड–१९० का संक्रमितको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले शुक्रबार दिएको जानकारी अनुसार अहिले अफ्रिकाका सबैजसो मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।अहिलेसम्म अफ्रिकामा कोरोना भाइरसबाट तीन हजार एक सय मानिसको मृत्यु भइसकेको छ । डब्ल्यूएचओका अफ्रिकाका निर्देशक मात्सिडिसो मोएटीले पछिल्लो समय अफ्रिकामा कोरोना भाइरसको महामारी बिस्तारै फैलिँदै गइरहेको बताए ।

डब्ल्यूएचओको इमर्जेन्सीज प्रोग्रामका कार्यकारी निर्देशक डाक्टर माइक रयानका अनुसार अहिले समग्र अफ्रिकामा तीव्र गतिमा कोरोना भाइरसको महामारी नफैलिएको भए पनि केही मुलुकमा भने केही मुलुकमा भने संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।रयानले अफ्रिकाका केही समूह संकटमा रहेको र उनीहरुमा अझै कोरोना भाइरसको असर देखिन बाँकी रहेको बताए । आगामी दिनमा अफ्रिकामा कोरोना भाइरसको असर कस्तो पर्छ भन्नेबारे बुझ्न बाँकी रहेको उनको भनाइ छ । स्रोत : सीएनएन