सबलपोस्ट/रामेछाप – रामेछाप जेसिजले मन्थली नगरपालिका भित्रका ४ स्वास्थ्य संस्थालाई मंगलबार स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ ।
मन्थली नगरपालिका वडा नम्बर २ ,४र ५ काे प्राथमिक स्वास्थ्य केन्द्रमा र मन्थली ३ काे सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण गरेकाे हाे । प्राथमिक स्वास्थ्य केन्द्र कठजाेरमा १ थान थर्मगन, ४ थान स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) र सर्जिकल मास्क १५० थान,स्वास्थ्य केन्द्र सालुमा १०० थान थर्मगन, २ थान स्वास्थ्य सुरक्षा सामग्री पिपिइ र सर्जिकल मास्क १०० थान,सुनारपानि स्वास्थ्य केन्द्रमा १ थान थर्मगन, १ थान स्वास्थ्य सुरक्षा सामग्री र १००थान सर्जिकल मास्क वितरण गरेकाे छ भने त्यसै गरि कठजाेरकाे सहरी स्वास्थ्य केन्द्रमा १ थान थर्मगन, २ थान स्वास्थ्य सुरक्षा सामग्री र १०० थान सर्जिकल मास्क वितरण गरिएको रामेछाप जेसिजका काेषाध्यक्ष सन्ताेष खत्रीले सबलपोस्टलाई जानकारी दिनु भयाे ।
उक्त सामाग्री जेसिजका पदाधिकारीहरु काेषाध्यक्ष सन्तोष खत्री , उपाध्यक्ष यादव केसि, ज्ञानु श्रेष्ठ , विमल पाैडेल र पुर्व अध्यक्ष गुणराज भट्टराई (अाकास) ले सम्बन्धित स्वास्थ्य कार्यकालयका प्रमुखलाई हस्तान्तरण गरेकाे काेषाध्यक्ष खत्रिले जानकारी दिनुभयो ।
यस अघि पनि रामेछाप जेसिजले जिल्लामा विभिन्न स्वास्थ्य संस्था , पत्रकार र ट्राफिक प्रहरीलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।










