थाइल्याण्डमा कोरोना भाइरसविरुद्धको खोप बनाइदै

प्रकाशित मिति:

काठमाडौं – विश्वभर सयभन्दा बढी कोरोना भाइरस कोभिड १९ विरुद्धका खोपहरु बनिरहँदा अहिलेसम्म आठ खोप मानिसमा परीक्षण गरिएको डब्ल्युएचओले जनाएको छ । चीनमा परीक्षण गरिएको खोपले सकारात्मक नतिजा दिएको खबरहरु आइरहँदा थाइल्याण्डले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको जनाएको ।

थाइल्याण्डले कोरोनाविरुद्ध निर्माण गरेको खोप बाँदरमा परीक्षण गर्न सुरूवात गरेको छ। सबैको पहुँचका पुग्न सक्ने गरी बनाइरहेको उक्त खोप सन् २०२१ सम्ममा तयार हुने थाइल्याण्डको अपेक्षा छ।नेसनल प्रिमेट रिसर्च सेन्टर फर थाइल्याण्डका निर्देशक डाक्टर सुचिन्दा मलाइभितिजतोन्दका अनुसार हाल १३ बाँदरमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न सुरुवात गरिएको छ।मुसामा कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भएपछि बाँदरमा परीक्षण थालेको बताइएको छ।