भैरहवा साहित्यिक खरिहानमा विश्वनाथ

प्रकाशित मिति:

भैरहवा । विश्वनाथ सिंह पालिवालको अध्यक्षतामा १३ सदस्यीय भैरहवा साहित्यिक खरिहानको तदर्थ समिति गठन भएको छ । भैरहवा तथा यस आसपासमा रहेको भोजपुरी भाषी साहित्य, रचना लगायतको विकासको लागी काम गर्ने गरि तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा राजेश कुमार चौधरी “जिज्ञासु”, सह उपाध्यक्ष राकेश यादव, सचिव शैलेन्द्र सिंह, सह सचिव राजन गुप्ता, कोषाध्यक्ष संजय कुमार गुप्ता, सह कोषाध्यक्षमा विपिन कुमार शाह रहेका छन् । यस्तै समितिको सदस्यहरुमा शैलेश उपाध्याय, धु्रव नारायण लाल कर्ण, साधना सिंह, राम शरण यादव, प्रतिमा गिरी र अनुपमा शुक्ला रहेका छन् ।

भैरहवा साहित्यिक खरिहानको सल्लाहकारमा अनिल कुमार झा, त्रिभुवन बरई, रामदेव यादव, भरत गिरी र शिवनन्दन जयसवाल रहेको तदर्थ समितिका अध्यक्ष विश्वनाथ सिंह पालिवालले जानकारी दिए । मातृभाषाको रक्षा र यसका विकासको लागी बिभिन्न किसिमका साहित्यिक गोष्ठिहरु आयोजना गर्ने, र भाषाको विकासको लागी अन्य क्रियाकलापहलाई अगाडी बढाईने पालिवालले जनाए । उनले बन्दाबन्दीको यो समयमा बिभिन्न सामाजिक सञ्जालको सहयोगमा अनलाईन अन्र्तराष्ट्रिय साहित्यिक गोष्ठि समेत सम्पन्न गरेको जानकारी दिए ।