अर्घाखांचीको जलुकेमा प्रहरी पोष्ट शुभारम्भ

प्रकाशित मिति:

पुर्व पश्चिम राजमार्ग अन्तर्गत अर्घाखाँचीको जलुके सातमारामा अस्थायी प्रहरी पोष्टको सुभारम्भ गरिएको छ । घना जंगल र ढुंगा गिटीको तस्करी हुने क्षेत्रमा प्रहरी चौकीको स्थापना भएपछि स्थानीयहरु खुसी भएका छन ।
दाङको भालुवांग सग जोडिएको सितगंगा नगरपालिका–८ जलुके सातमारामा शितगंगा नगरपालिकाको ८,९ र ११ नम्वर वडालाइ लक्षित गरि अस्थायी प्रहरी पोष्टको सुभारम्भ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले एक समारोहबीच प्रहरी पोष्टको उदघाटन गर्नु भएको हो । उद्द्धाटन समारोहमा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी भुसालले जनताको शान्ती सुरक्षा कायम गर्न प्रहरी प्रशासन चौविसै घण्टा खटिएको बताए ।
स्थानीयवासीले प्रहरी चौकी स्थापना गर्न बर्षै देखि माग गर्दै आएकोमा प्रहरी चौकी स्थापना भएपछि स्थानीय वासिन्दा खुसी भएको वडा अध्यक्ष रुकेस आलेले बताए ।
रमजमार्गको एरिया, जंगली क्षेत्र भएपनि प्रहरी चौकी नजिक नहुदा दांगको भालुवांग प्रहरी चौकीले सुरक्षा दिदै आएको थियो । अर्को जिल्लामा बोलाउदा अनुमति लिनु पर्ने लगायतका कारणले छिटो सुरक्षा पाउन बञ्चित भएक्बा थिए । अस्थायी प्रहरी चौकीको स्थापनाले स्थानीयहरुलाइ अब सहज हुने वडा नम्वर ९ का वडा अध्यक्ष भीम केसीले बताए ।