कपिलवस्तुमा थप ६९ जनामा कोरोनाको संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं, जेठ २१ । कपिलवस्तुमा थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २३ सय पुगेको छ।

प्रवक्ता देवकोटाका अनुसार कोरोनाबाट संक्रमित हुने जिल्लाको संख्या ६४ पुगेको छ। संक्रमितमध्ये २७८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।