भानुको क्वारेन्टाइनमा तरूण दल जिल्ला सचिव पौडेल र युवा व्यवसायी गुरूङद्वारा सहयोग
भानु नगरपालिकाले राखेको क्वारेन्टाइनमा नेपाल तरूण दल तनहुँका जिल्ला सचिव रामचन्द्र पौडेल(आरसि)र युवा व्यवसायी अंकित गुरूङले पानी,माक्स र साबुन सहयोग गरेका छन्।
उक्त सामाग्री नगरप्रमुख उदयराज गौलीलाई पौडेल र गुरूङले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए। ६० कार्टुन पानी,३०० पिस माक्स र डिटल साबुन ५० पिस सहयोग गरेका हुन्।उपप्रमुख आशा थापा,प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे, शारदा कलेजका अध्यक्ष आनन्दराज त्रिपाठी , स्वस्थ्य प्रमुख ऐश्वर्य भट्टराई उपस्थित रहेका थिए।









