कपिलबस्तु २२ जेठ । कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. ४ लोकमार्ग स्थित झडुला माई मन्दिरको परिसर भित्र प्रदेश तर्फको योजना अन्र्तगत भक्तजन प्रशिक्षालयको विहिबार शिलन्यास भएको छ । प्रदेश नं. ५ प्रदेश सभा सदस्य रीना नेपालले उक्त प्रतिक्षालयको शिलन्यास गर्नुभएको हो । शिलन्यास कोरोना भाइरस वाट उच्च जोखिममा रहेको वर्तमान परिपेक्ष्यमा उच्च सजकता अपनाई सामाजिक दुरी कायम गरी चुनौतिपुर्ण स्थितिमा कार्य गर्न लागेकोमा प्रदेश सभा सांसद रिना नेपालले झडुलामाई मन्दिर व्यावस्थापन उपभोक्त समितिलाई विशेष धन्यावाद ज्ञापन गर्नुभएको थियो । सो कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नगर उप प्रमुख मीरा थारुले अहिलेको जटिल परिस्थितिलाई मध्यनजर राखी नगरको बजेट कार्यन्वयन गर्न सकभर प्रयास रहेको बताउनुभएको थियो ।
वडा स्तरमा विनियोजित बजेटलाई कार्यान्वय गर्ने प्रयास रहेको र यो भक्तजन प्रतिक्षालय पनि एक रहेको वडाध्यक्ष पवन कुमार थारुले बताउनु भएको थियो । झंडुलामाई मन्दिर व्यावस्थापन उपभोक्त समितिका अध्यक्ष रोमलाल खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजसेवी मधुराम न्यौपाने, बीन बहादुर बन्जाडे, गोपाल सपकोटा, जानकी आचार्य लगायत उपभोक्त समिति गरी २५ जनाको सहभागिता रहेको थियो । प्रदेश तर्फको योजना अन्र्तगत २ (दुई) वटा भक्तजन प्रतिक्षालय निर्माण गर्ने र प्रारम्भिक कार्य पुरा गरेको र सो का लागि प्रदेश तर्फबाट १० लाख बजेट रहेको उपभोक्त समितिका अध्यक्ष रोमलाल खनालले बताउनु भएको छ । सो शिलन्यास कार्यक्रमको संचालन उपभोक्त समतिका सचिव बसन्त प्रसाद भट्टाराईले गर्नुभएको थियो ।









