क्वारेन्टिनमा बसेर घर फर्किएका युवकको कोरोनाबाट मृत्यु, संख्या ११ पुग्यो

प्रकाशित मिति:

सुर्खेत – कोरोनाभाइरसका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत  पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवा रहेका छन् । १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका उक्त युवाको राति मृत्यु भएको हो ।

भारतबाट आएपछि १४ दिन क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । घर पठाउनु अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको थियो । तर मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । थप व्यक्तिको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । canadanepal