प्रकाश न्यौपाने जेष्ठ २४ – नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै हाल १९ जना संक्रमित भएका छन । सुस्ता गाउपालिकामा थप २ जनामा आज कोरोना पुष्टि भएको छ ।
सुस्ता गाउपालिका वाड नम्बर ५ मा रहेको क्वरेन्टाइनमा रहेका २५/ २५ वर्षीय रहेका २ जना पुरुषहरुमा आज कोरोना पुष्टि भएको स्वास्थ कार्यलयक नवलपरासीका प्रमुख गौरव ढकालले जनाकारी दिनुभयो ।उनीहरु दुबै जना भारतबाट बैशाख ३० गते आएको र क्वारेन्टाइनमा राखीएका सुस्ता गाउपालिकाका प्रमुख राम प्रसाद पाण्डेयले बताउनु भयो









