आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘चङ्गाचेट’को गीत ‘गोजीमा दाम छैन’ले युट्युबमा डेढ करोड बढी दर्शक पाएको छ। फिल्म युनिटले मंगलबार सोही अवसरमा केक काट्दै गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटीलाई ५० हजार नगद प्रदान गरेको छ।
फिल्मका निर्माताद्वय माधव वाग्ले र शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, कलाकारद्वय परमिता आर एल राणा र सुरक्षा पन्त तथा संगीतकार राजनराज शिवाकोटी र गीतकार हरिहर तिमल्सिनाले केक काटेका थिए। सोही अवसरमा निर्माता वाग्लेले संगीतकार शिवाकोटीलाई ५० हजार रुपैंयाँ बराबरको चेक पनि हस्तान्तरण गरे।
वाग्लेले आफूले गीतले एक करोड बढी दर्शक पाए उपहार दिने वाचा अनुरुप संगीतकारलाई पुरस्कार दिएको बताए ।













