हिंसा रोकथामका लागि प्रभावकारी सन्जाल आवश्यक रहेको एक कार्यक्रमका सहभागिको जोड
हिंसा पीडित महिला तथा बालबालिकाको लागि तत्काल उद्धार र मानवबेचबिखन रोकथामको लागि प्रभावकारी सञ्जालको आवश्यक रहेको रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनीहरुले मानबेचखिन तथा ओसारपसार हुनुको मुख्य कारण महिला हिंसा भएको कारण यसको न्युनिकरणमा ध्यान दिनुपर्ने बताए । उद्धार, रोकथाम र पुनस्थापनाको माध्यमद्धारा मानबेचखिनको अन्त्य गरौं भन्ने नाराका साथ मानवबेचबिखनको विरुद्ध काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले भैरहवामा आयोजना गरेको समन्वयात्मक बैठकमा बोल्ने सहभागिहरुले अहिले संरचनामा काम गर्न केही कठिन भएको बताए ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी बेलहियाका प्रमुख बीर बहादुर थापाले मानवबेचखिन रोकथाम तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको उद्धारको लागि चुस्तदुरुस्त र प्रभावकारी काम गर्ने सञ्जालको आवश्यकता रहेको बताए । उनले प्रहरीको एकल प्रयासले मात्र सफल नहुने भएकोले सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले समन्वयको अभावले गर्दा उद्धार, रोकथाम र पुनस्थापनामा समस्या आएको बताए ।कार्यक्रममा गैरसरकारी महासंघ ५ नम्बर प्रदेश सचिव गोविन्द प्रसाद रेग्मी, एबीसी नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछाने, महिला तथा बालअधिकार सञ्जाल रुपन्देहीका सचिव अधिवक्ता सुनिल त्रिपाठी लगायतले बोल्दै भएका सञ्जालहरुलाई पुर्नगठन गरेर अगाडी बढ्नुपर्ने बताए ।कार्यक्रममा थ्रि एन्जेल्सका नेपालका प्रशासकीय अधिकृत अधिवक्ता भीम प्रसाद पौडेलले हिंसा पीडित महिला तथा बालबालिकाको कार्यक्रम, उपलब्धी र चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।थ्रि एन्जेल्सका फिल्ड संयोजक झरना शर्माको स्वागत मन्तव्य तथा परामर्शकर्ता डोलमाया गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।












