आजामात्र थप ४४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५०६२ पुग्यो

प्रकाशित मिति:

काठमाडौं, जेठ ३० । नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०६२ पुगेको छ।