कात्र्तिक १५ बुटवल ।
असोज ३० गते बुटवलस्थित उपचारको लागि आफ्ना छोरासँगै आएका रोल्पा सुनिलस्मृर्ती गाउँपालिका ४ कोइरालबासका ६२ बर्षिय ईश्वरी ओली बुटवलबाटै हराए । उपचारको शिलशिलामा अस्पतालबाट बाहिर निस्कीएपछि छोडिएका उनलाई खोज्नको लागि ठूलो प्रयासहरु गरिए । सामान्य मानसिक समस्यासमेत रहेका उनी धेरै बोल्न सक्दैनथे । कात्र्तिक १५ गते बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको गेटअगाडी अर्धचेत अवस्थामा टाउँकोभरी चोट र कपडाभरी रगत जमेका उनलाई बुटवलकै सञ्चारकर्मी शिब डुम्रेले अस्पतालमा लगि उपचारको लागि ईमर्जेन्सी कक्षमा पु¥याए । अस्पतालमा रहेको सामाजिक सेवा ईकाईले पनि उनलाई सक्दो उपचार ग¥यो । उनै सञ्चारकर्मी शिव डुम्रेले उनको पहिचान खुल्न नसकेको भनी आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखे त्यसपछि त्यो खबर उनैको खोजतलासमा लागिरहेको उनको आफन्तसम्म पनि पुग्यो । सोही दिन राती नै डुम्रेको सम्पर्कमा आफन्तहरु आएपछि उनको थप उपचार भएको हो । उनको उपचारदेखी स्याहार सम्भार गर्ने उनै डुम्रेले औषधी देखी खाना सम्म खुवाएर उनको उपचारको लागि सहयोग गरे । उनको खोजिको लागि भन्दै उनका छोरा भारतको लखनउ सम्म पुगेको रहेछन्, उनको खोजीको लागि रुपन्देही, नवलपरासी, कपिलवस्तु , दाङ्ग, पाल्पा लगायतका जिल्लाहरुमा प्रहरी देखी जिल्ला प्रशासनसम्म निवेदन दर्ता समेत गरेका उनको परिवारले १७ दिनपछि आफ्नो अभिभावकलाई भेट्दा भावुक देखिन्थे । सामाजिक सञ्जालमा राखेपछि सम्पर्कमा आएका उनका भतिज पूर्णबहादुर ओली लगायत ७ जना परिवारलाई उनको जिम्मा लगाउँदा अस्पताल प्रशासन, सञ्चारकर्मी शिव डुम्रेलाई परिवारले विशेष धन्यवाद समेत ज्ञापन गरेका थिए ।
मानसिक समस्या भएका उनी के कारणले हराएका हुन भन्ने बारे भने खुलेको छैन, उनी भेटिदा टाउँकोभरी असामान्य चोट थियो । सञ्चारकर्मी डुम्रेले गरेको मानवीय सेवा र सामाजिक सञ्जालको प्रचारले हराएका वली भेटिए, कहिलेकाही गरिने साना र सामान्य प्रयासहरुले पनि ठूला उपलब्धिहरु मिल्छन् भन्ने उदाहरण हो यो ।










