मनिष गुप्ता \कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ब्राउनसुगर सहित एकजना युवा पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ झिमझिमे बस्ने जनक थापा पक्राउ परेका हुन ।वाणगंगा नगरपालिका वडा नं २ नन्दनगरबाट थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । सुरक्षा गस्ती गर्ने क्रममा शंका लागेर सोधपुछ तथा चेकजाँच गर्दा थापासंगा रहेको ४।७८ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले बताए । थापालाई पक्राउ गरी लागु औषध मुद्धामा अनुसन्धान प्रकृया अघी बढेको बताइएको छ ।












