मनमा तुष पालेर चियापानको नौंटंकी

प्रकाशित मिति:
  •  प्रेम पुन्थोकी

जनता साह्रै सोझा गाई छैनन् । दुई तिहाईको सरकारमा त केही संभावना नदेख्ने जनताले भिजनै हराएको काँग्रेसबाट के आशा गर्लान् ?

(लेखक)

मिलेर अगाडि बढ्ने बि.पी को सिद्धान्तलाई घाममा सुकाइसकेको काँग्रेसले उनैले चलाएको चियापानको निरन्तरतालाई बडो तामझामका साथ गर्यो । गत हप्ता नेकपाले ५० हजार निम्ता र चार चार ओटा कार्ड एकै साथ बाँडेर आलोचित बनेको नेकपालाई माथ दिने गरि काठमाण्डौमा एक लाख र उपत्यका बाहिर गरि पाँच लाख करिब निम्ता बाँडेर उछिन्न खोजेको काँग्रेसका प्राय सबै जिल्लामा आज (१६ गते) शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरे । चुनावमा ढाड खुस्किने गरि थङ्गलाएको नेकपालाई झुण्ड देखाएरै भए पनि काँग्रेसले प्रभाव पार्यो सायद नेकपाका बरिष्ठ नेता झलनाथ खनालले काँग्रेसको निम्ता मान्न गएको आँगनमा पत्रकारहरुसँग भने ‘काँग्रेस रहेछ भन्ने सानेपामा देखियो ।’ तर दुनिँयाले देख्ने गरि काँग्रेस आफैमा बिभाजित र बिवादका बिचमा रुमल्लिएको छ । चरम गुटबन्दी त्यसमा पनि एउटा गुटले सामान्य बिश्वास गर्ने वातावरण पनि नबनेको स्थिति कसैबाट छिपेको छैन । पार्टी सभापति शेर बहादुर देउवाले कुनै समय आफु अल्पमतमा रहँदा तत्कालिन संस्थापन समूहले गला अठ्याएको पिडाको बदला लिँदै छन् तर उनको यही परिपाटीले इतिहासमै आफ्नै पार्टी भित्र कलंकित बनेकाछन् । सिंगो पार्टीको नेता बन्ने सुवर्ण अवसरलाई उनले स्विकार्न सकेनन् ।

जतिसुकै धाक लगाए पनि नबिगारेको होला तर काँग्रेसले देश बनाएन किनकी त्यसले पटक पटक सत्ताको स्वाद भेटेकै हो तर सिक्न त सक्थ्यो र भन्न सक्थ्यो हामी हिजो यि यि कुरामा चुक्यौं र सोंचे जस्तो गर्न सकेनौं

धेरैले उनलाई सभापति बनेको मितिबाटै सर्वमान्य नेता बन्न सुझाए तर उनले त्यसलाई कहिल्यै गंभिर भएर सोंचेनन् आज अझै पनि गुटको नेता बनिरहे । गुटको संरक्षणले उनी पार्टी नाम मात्रको बन्ने अवस्था सम्म पार्टीको औपचारिक नेतृत्व त गर्न सक्लान तर काँग्रेस डुवाएको कलंक इतिहासमा लेखाउँदा उनलाई कत्ति काँग्रेसीले संझेलान् ? त्यो काँग्रेसी आफैले सोच्ने बेला हो । चुनावमा बत्ति बालेर खोज्ने अवस्थामा पुग्ने भैसक्दा पनि परिवर्तित मुलुकको संरचना अनुसार पार्टीलाई संचालन गर्ने र संगठन गर्नुपर्ने अनिवार्य आवश्यकतालाई बुझपचाउने देउवा दोषी हुन् कि तिनका सल्लाहाकार ? कसैले मान्ने भन्दा पनि सबैले मान्ने नेतृत्व नबन्दा सम्म अरु दिन काँग्रेस रहे पनि भोट हाल्दा काँग्रेस इतरका बन्छन् भन्ने अनुभव अब काँग्रेसमा नौलो नहोला । धन्न भगवान भरोसा , जन्मिदैं निधारमा काँग्रेस बोकेकाहरुले साथ दिएकाछन् र कतै जमघटमा झुण्ड देखिन्छ । कतै निष्ठाको राजनीति गर्नेहरुले भोकै पेट ओठमुख सुकाएका छन् र चोकमा आदर्श छाँटेका छन् । नत्र तिनले काँग्रेसको राजनीति गर्ने हुँ भन्ने बाहेक केही पाएनन् । गुटको राजनीति त आफैमा घातक थियो त्यस माथि आफ्नो गुटले लाभ लिन नसकने देखिए पछि खुट्टा कमाएर सिंगै पुस्तालाई नेतृत्वको अवसरबाट खुम्चाउने प्रयत्न साँच्चै कुन सिद्धान्तबाट निर्देषित होला ? काँग्रेसीहरु आफुलाई देशकै जिम्मेवार लोकतान्त्रिक शक्ति संझन्छन् । पार्टीमा लोकतान्त्रिक अभ्यास भएको ठान्छन् , त्यसको परिभाषालाई देशको लोकतान्त्रिक परिवर्तनमा आफुलाई उभ्याएर जश लिन्छन् तर पार्टीको भित्तमा त्यो ऐना राख्न बिर्सन्छन् जसले गर्दा आफ्नो कालो पोतिएको अनुहार देख्न सक्दैनन् ।

बोल्दैमा केही नाप्न नसकिने तथ्य त अहिलेको दुई तिहाईले देखाइसकेको छ त , गफै गर्न र आरोपै मात्र थोपर्न किन प्रतिपक्ष चाइयो, सरकार आफैमा काफै छ, फेरी जति मच्चिए पनि दुई तिहाईको बलमा काँग्रेसको केही दाल गल्दैन यस्तो अवस्थामा पार्टीको भूमिका के हुन सक्ला ?

चियापानको चुस्की चलिरहँला बिर्सन्छन् आज कुनै समय पार्टी भन्दा पनि अगाडि परिवर्तनको मार्गमा होमिने बिद्यार्थी संगठनको महाधिवेशनका लागि मिति तय गरिएको थियो भनेर । तिनका मुहारमा कुनै पनि अपशोच झल्कन्न । किनकी तिनका अघि पछि जहिल्लै धनुष्टनकार बनेर जयनेपाल ठोक्ने हनुमानहरु तैनाथ गरेका छन् । तिनै हनुमानले गरेको चाकडी संसारकै सबै भन्दा ठुलो उपलब्धि मानेका छन् । जीवन भर आफुलाई बिद्यार्थी नेता भनेर चप्पल फटाउनेहरुलाई स्वधोषित नेता बन्न बाध्य बनाएकाछन् । एकातिर गुटको बाटो बनाएर पार्टी तथा तरुणको मार्ग व्लक गर्ने अर्को तिर बिद्यार्थीको कुनै पनि तहलाई नविकरण गर्न पहल नगरेर आपसमै लडाएर राख्ने, कठै यिनको चरित्र । पार्टीको सिद्धान्तलाई पोलेर खाने , अधिवेशनमा फगत नेतृत्वको लडाई लड्ने ,कार्यकर्ताको सुरक्षा छैन, सुभेच्छुकको चासो छैन, इतिहास देखाउने त्यसैलाई गौरव संझने भन्ने देशकै पुरानो पार्टी । मेरा बाले घिउ खान्थे मेरा हात सुँघ सुँघ भने जस्तै , समय अनुसार पार्टीलाई बदल्न नसक्दा, पार्टी र नेतृत्वको कमजोरी पहिचान गर्न नसक्दा र स्विकार्न नसक्दा थला परेको बुढो काँग्रेस बौरेला कि नाई ? जतिसुकै धाक लगाए पनि नबिगारेको होला तर काँग्रेसले देश बनाएन किनकी त्यसले पटक पटक सत्ताको स्वाद भेटेकै हो तर सिक्न त सक्थ्यो र भन्न सक्थ्यो हामी हिजो यि यि कुरामा चुक्यौं र सोंचे जस्तो गर्न सकेनौं ।

जन्मिदैं निधारमा काँग्रेस बोकेकाहरुले साथ दिएकाछन् र कतै जमघटमा झुण्ड देखिन्छ । कतै निष्ठाको राजनीति गर्नेहरुले भोकै पेट ओठमुख सुकाएका छन् र चोकमा आदर्श छाँटेका छन् । नत्र तिनले काँग्रेसको राजनीति गर्ने हुँ भन्ने बाहेक केही पाएनन्

अब यि कुराहरु सुधार्छौं हाम्रो अबको बाटो यो हो यसरी हामीले पार्टीलाई परिवर्तन गर्दै छौं । अब संसदमा धेरै नौटंकी नगरे हुन्छ, समृद्धि सत्ता चलाउनेले मात्र ल्याउँछन् भन्ने सोंचलाई बदल्न त तिनै काँग्रेसी नेताले भनेको छाँया भूमिका काफी थियो । बोल्दैमा केही नाप्न नसकिने तथ्य त अहिलेको दुई तिहाईले देखाइसकेको छ त , गफै गर्न र आरोपै मात्र थोपर्न किन प्रतिपक्ष चाइयो, सरकार आफैमा काफै छ, फेरी जति मच्चिए पनि दुई तिहाईको बलमा काँग्रेसको केही दाल गल्दैन यस्तो अवस्थामा पार्टीको भूमिका के हुन सक्ला ? जीवनभर पार्टीको लागि आफ्नो बिश्वासको बलि चढाउनेहरुले कुन शर्त र आशामा पार्टीलाई बिस्वास गर्ने ? कुन कुराले अरु भन्दा आफुलाई फरक रुपमा प्रस्तुत गर्ने अथवा फरक हौं भन्ने ? केही कुराको बलियो जवाफ त हुनुपर्छ । राजनीतिलाई खेल संझने आफु खेलाडी बनेर पार्टीको मैदानमा समर्थकलाई मुकदर्शक बनाएर चटक देखाउने चटकीहरुले अरु माथि औंला ठडाउन किमार्थ सुहाउन्न । बिग्रन पाइन्छ नसुघ्रन इतिहासमा छुट छैन । जनता साह्रै सोझा गाई छैनन् । दुई तिहाईको सरकारमा त केही संभावना नदेख्ने जनताले भिजनै हराएको काँग्रेसबाट के आशा गर्लान् ? भन्ने राम राम हो काँध थाप्ने हिम्मत सधै सबैले गर्दैनन् चेतना भया ।।